त्रिभुवन विमानस्थल बाहिर गोली चल्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा गोली चलेको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी उच्च स्रोतले बतायो । ती युवकको घुँडामुनि गोली लागेको छ ।

 

घाइते युवकको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको छ । केएमसी अस्पतालमा उपचारका लागि लगिएको उनको नाम भने खुलिनसकेको ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए ।

पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation