भद्रकुमारी घलेको सेवा सदन भत्काउँदै महानगर

३ साउन, काठमाडौं । भद्रकुमारी घलेको सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको टोली काठमाडौंको अनामनगरस्थित देवीनगर पुगेको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरे सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले उक्त भवन खाली गराउन नगर प्रहरी परिचालन गरेको हो ।

 

सेवा सदनमा रहेका सामग्रीहरु हटाएपछि उक्त स्थानमा डोजर चलाउने काम भइरहेको महानगरका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।

सेवा सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation