अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिए

७ भदौ, काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानेको छ ।

सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावासँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation