कंचनमा माओवादी रुपान्तरण अभियान: कार्यकर्तामा उत्साह जनतामा कौतुहलता

नेपाल कम्युनिस्ट पार्टि (माओवादी केन्द्र ) कञ्चन गाउँ कमिटीको बिस्तारित बैठक आज सम्पन्न भएको छ। बैठक कन्चन गाउँपलिका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अभियान का इन्चार्ज ठाकुर कुमार वि क” किशोर” को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

माओवादी केन्द्रले आयोजना गर्न लागेको “जनता संग माओवादी विशेष रुपान्तरण अभियान “अन्तर्गत जनजनमा माओवादी , घरघरमा माओवादी भन्ने मुल नाराका साथ ३ महिने अभियानको तयारी स्वरुप आजको बैठक भएको हो । पार्टीका केन्द्रीय सदस्य तथा अभियानका इन्चार्ज कमरेड ठाकुर कुमार वि क ले सरकारले अहिलेसम्मकै महत्वपुर्ण निर्णय गर्दै भ्रष्टाचारीको जरै सम्म पुगेर उखेलेर फाल्न लागेको बताउनु भयो । सरकारका लोकप्रिय काम देखेर प्रतिपक्ष अत्तालिन पुगेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेस कमिटी सदस्य दिपिका शर्मा , हस्त बहादुर सावर, सोमनाथ शर्माले मन्तव्य राख्नु भएको थियो । कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रम गाउँपालिका सचिव सिताराम थारुको सञ्चालन र स्वागत कन्चन गाउँ कार्यपालिका सदस्य कुमारी घर्ती मगरले गर्नुभएको थियो ।
बैठकले तीन महिने अभियान दृढतापुर्वक सम्पन्न गर्ने निर्णय गर्दै कार्यविभाजन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation