बुटवलमा समाजवादी मोर्चाको सन्देश सभा, कालो मास्क निषेध

बुटवल । पाँच राजनीतिक दल सम्बद्ध समाजवादी मोर्चाको बुटवलमा आयोजित सन्देश सभा सुरु भएको छ । सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शिर्ष नेताहरु सम्बोधन गर्दै छन् ।

समाजवादी मोर्चाको घोषणसभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी लगायतका नेताहरु उपस्थित रहेका छन् । बुटवलको रामनगर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी सम्मेलनमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । सम्भावित घटनालाई मध्यनजर गर्दै बाक्लो सुरक्षाकर्मीका बीच सभास्थलमा कालो रुमाल, कालो मास्क तथा संकास्पद लाग्ने कुनै पनि सामग्रीसहित प्रवेशमा रोक लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation