समाजवादी मोर्चामाथि चौतर्फी घेराबन्दी हुँदै छ ः विप्लव

बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाप्रति चोतर्फी घेराबन्दी भएको टिप्पणी गरेका छन् । एक ठाउँमा उभिएको समाजवादी मोर्चालाई कुनै पनि हालतमा कमजोर बनाउने खेल भैरहेको बताउँदै उनले त्यो सपना पूरा नहुने उल्लेख गरे ।

बुटवलमा मँगलबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै बिप्लवले लहैलहै र मान्छेका मनोगत चाहनाले मात्रै मोर्चा गठन नभएको बताए । नेपाल नयाँखाले ध्रुवीकृत हुने ठाउँमा आएको बताउँदै उनले केही राजनीतिक उपलब्धीहरु हासिल भए पनि सामाजिक र आर्थिक रुपमा जनताको जीवनमा परिवर्तन नभएको उल्लेख गरे । सोही कारण बाँकी रहेका आन्दोलनलाई पूरा गर्नका लागि समाजवादी मोर्चाको आवश्यक रहेको उल्लेख गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनको कदम चालीरहेको बताउँदै उनीमाथि पनि षड्यन्त्र हुन थालेको उल्लेख गरे । महासचिव विप्लवले विगतको माओवादी आन्दोलनलाई अपराधी र हत्याराको रुपमा चित्रण गर्न खोजिएको उल्लेख गरे । देशभित्र रहेका र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुले चलखेल गरिरहेको उल्लेख गर्दै उनलृ ती सबै कुरालाई समाजवादी मोर्चाले परास्त पार्ने दाबी गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation