
सत्तारूढ दल माओवादीले आठ लाख सदस्य पुर्याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता नवीकरण र विस्तारमार्फत लक्ष्य पूरा गर्ने गरी माओवादीले अभियान सुरु गर्न लागेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्दै छन् । सापकोटाले जनतासँग माओवादी अभियानअन्तर्गत जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने बताए । साउन तेस्रो साता सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले रूपान्तरण अभियान घोषणा गरेको थियो ।