‘जनतासँग माओवादी’ अभियान शुरुआत गर्दै प्रधानमन्त्रीले भने–इतिहासकै उत्कृष्ट काम यो सरकारले गरेको छ

१६ भदौ, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान आजदेखि सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एक साथ ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका छन् ।

 

औपचारिक कार्यक्रम भने दिउँसो १ बजे हुँदैछ ।

यो अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू समेत वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । यसक्रममा प्रधानमन्त्री समेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका (२ घट्टेडाँडाको कार्यक्रममा जाने छन् ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका(२८ हरिसिद्धीको कार्यक्रममा सहभागी हुनेछन् । सबै पदाधिकारी जाने वडाहरु तोकिएको छ ।

अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । माओवादीले यो अभियानलाई आफूहरूको अन्तिम परीक्षा भएको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation