
१६ भदौ ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) ले शनिवार वडा स्तरमा जनता संग विशेष रूपांतरण अभियानको देश भरि एकै पटक उद्घाटन गरे संगै सैनामैनामा पनि जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको शुभारम्भ गरिएको छ । नगरका ११ वटै वडाहरुमा एकैसाथ तीन महिने रुपान्तरण अभियानको शुभारम्भ गरिएको हो ।
सैनामैना नगरपालिका अन्तरगतका ११ वटै वडाहरुमा आज दिउँसो ठिक १ बजे आ आफ्नो वडामा झन्डा ब्यानर सहित नेता कार्यकर्ता र आम सर्बसाधारण जनता सहित नाचगान र रचनात्मक क्रियाकलाप गर्दै उद्घाटन गरियको सैनामैनाका नगर अध्यक्ष नारायण महतले बताउनुभयो ।
सबै वडाहरुमा माओवादी प्रति जनताको आर्कषण र बिश्वास बढ्दै गएको नगर इन्चार्ज खरेन्द्र बिक सुजितले बताउनुभएको छ । बिशेष रुपान्तरण अभियानका निम्ती सैनामैना १मा सुजित बिक, २ मा दिपक अधिकारी, ३ मा तेजनारायण सुवेदी, ४ मा रमेश गैरे, ५ मा हरि खड्का ६ मा टीका ओलि, ७ मा रोमनाथ न्यौपाने, ८ मा राजेन्द्र घिमिरे, ९ मा दिपा बिक, १० मा दिपक भन्डारी, ११ मा नारायण महत खटिएका छन् भने केन्द्रिय सदस्य ठाकुर बिकलाइ सैनामैना र कन्चन गाउपालिका हेर्ने गरि इन्चार्ज को रुपमा खटाइएको छ ।