पाटनमा कृष्णभक्त

२० भदौ, काठमाडौं । आज कृष्ण जन्माष्टमी पर्वको अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ ।

पूजा गर्नका लागि पाटन कृष्ण मन्दिरको दक्षिण र उत्तरतर्फबाट भक्तजनहरु लामबद्ध छन् । भक्तजनहरुले आफ्ना बालबालिकाहरुलाई कृष्ण र राधाको स्वरुपमा सिंगारेको पनि देखिन्छ ।

 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनेर मनाउने गरिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

कृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation