धौलागिरी बहुउद्देश्यीय सहकारीको तिज मिलन कार्यक्रम सम्पन्न

 

धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीमा आबद्द महिला दिदीबहिनीहरुबीचमा शुभकामना आदानप्रदान गरि कार्यक्रम मनाइएको हो ।

सो अवसरमा बोल्दै सैनामैना नगरपालिका प्रमुख एवम् सहकारीका सल्लाहकार फणेन्द्र प्रसाद शर्माले नेपाली महिलाहरुको महान पर्व तिजलाई सभ्य र भब्य रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिलाहरुको तिज पर्वमा पुरुषहरुको पनि अर्थपूर्ण सहभागिता आवश्यक रहेको औल्याउँदै सहयोग गर्नुपर्ने बताउनुभयो । तिज पर्वलाई संरक्षण गर्दै विकृतिरहित तरिकाले मनाउन सम्पुर्ण महिलाहरुमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था बुटवलका अध्यक्ष गोबिन्द खनालले हरितालिका तिजको अवसरमा बहस र कार्यक्रमहरु सन्चालन गर्नुपर्ने बताउनुभयो ।

तिज पर्वलाई कसरी मनाउने र यसको महत्व के हो भनि बुझ्न आवस्यक रहेको बताउदै पर्वलाई भड्किलो बनाउदै जान नहुने तर्फ सजग गराउनुभयो ।

कार्यक्रम धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोविन्द खनालको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, काङ्ग्रेस नगर सभापति एवम् सहकारीका सल्लाहकार रण बहादुर खनाल, सैनामैना वडा न ६ का वडाध्यक्ष गाेपाल पोख्रेल, सैनामैना वडा न ७ का वडाध्यक्ष राज कुमार चौधरी, सहकारीका पुर्व शाखा अध्यक्ष गुरुप्रसाद पराजुली तथा सहकारीका महिला शेयर सदस्य सिता पोख्रेल लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका सचिव ठाकुर घिमिरेकाे स्वागत तथा धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सैनामैना शाखाका अध्यक्ष किरण पौडेलको सन्चालनमा सम्पन्न भएको संस्थाले जनाएको छ ।

उक्त कार्यक्रममा महिलादिदी बहिनी हरुले दर खाएर एक आपसमा शुभकामना साटासाट गरि तिज मिलन कार्यक्रम सम्पन्न गरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation