गुल्मीको तम्घासमा कुकुर आतंकस् क्षणभरमै टोक्यो ६ जनालाई

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङ्को भुस्याह कुकुरले आतंक मच्चाएको छ। आईतबार बिहान कार्यालय समयको क्षणभरमै ६ जनालाई टोकेर घाइते बनाएको छ। ११ बजे गुल्मी अस्पतालमा पुग्दा कुकुरले टोकेका घाईते र उनका आफन्तको भिड थियो।

 

महेन्द्र नमुना माविका विद्यार्थीहरुको पिटि चलिरहेको बेला उक्त कुकुर भित्र पसेर कक्षा २ का ८ वर्षिया सन्जु बिकलाई टोक्यो । उनलाई जोगाउन पुगेकी शिक्षिका भगवता पाण्डेलाई पनि टोक्यो । अर्घाखाँची जिपपार्कमा घर भित्र पसेर १७ वर्षिय निशान खनाललाई टोक्यो। जिल्ला प्रशासन अगाडि २७ वर्षिया चुरा बहादुर खत्रीलाई मोटरसाइकल चाढ्न लागेको बेला टोक्यो ।

सिमलटारीबाट तम्घास आएका ७० वर्षिय दुर्गा बहादुर सुनारलाई क्याम्पस रोडमा टोक्यो । अमरपुर घर भइ सिद्धबाबा माबिमा पढ्ने ७ वर्षिय वसन्त रानालाई पनि टोकेर घाईते बनाएको छ । क्षणभर मै कुकुरले टोकेर घाईते बनाए पछि प्रहरी उप्त कुकुर खोज्न प्रहरी परिचालन गरेको र क्याम्पस रोडतिर पुगेको जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन किशोर प्रधानले बताए ।

पशु सेवा कार्यालय प्रमुख पशुचिकित्सक भरत काफ्ले सँग बुझ्दा उक्त कुकुर नमारेसम्म रेविज लागे नलागेको थाह पाउन सकिन्न । त्यसलाई सुई दिईन्न । व्यबस्थापन गरेर अरु कुकुरहरुलाई सुई दिन बजारमा त्यस कार्यालयबाट प्राविधिकहरु खटाएको काफ्लेले जानकारी दिए । त्यस कुकुरले हिड्दै गरेको गाडिको टायर समेत टोक्ने गरेको बजारका यात्रीहरुले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation