अखिल नेपाल महिला संघ क्रान्तीकारीको दोश्रो कञ्चन गाउँ भेला सम्पन्न

नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ ९क्रान्तीकारी०को दोश्रो कञ्चन गाउ भेला सम्पन्न भएको छ। भेलाले सुमित्रा थापा क्षेत्रीको अध्यक्षतामा २१ सदस्यिय नयाँ गाउँ कमिटि गठन गरेको छ।
यस्तै संघको उपाध्यक्षमा सुकमाया दर्जी र कमला बि।क।सचिवमा ललुमाया पुन, कोषाध्यक्षमा हिमा कुमारी शर्मा र सह सचिवमा सोमुकमारी यादवलाई निर्वाचित गरेको नव निर्वाचित उपाध्यक्ष कमला बि।क।ले जानकारी दिनु भएको छ। यसैगरी सदस्यहरुमा सोमकला न्यौपाने, सुमित्रा लोध, आरती पासवान, पवित्रा खत्री, शान्ती थापा, सन्तोषी शर्मा, यशोदा परियार, सुस्मिता बि।क।, लिला रोका क्षेत्री, टिकामाया पोख्रेल,भुमिकला बिश्वकर्मा, देवि कुमारी महतो, शिवा उपाध्याय, पुर्णकली कुवँर र देवी थापा निर्वाचित भएका छन।

अखिल नेपाल महिला संघ, क्रान्तीकारीका नव निर्वाचित गाउँ कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले नेकपा माओवादी केन्द्र नेतृत्व सरकारले नयाँ पुरानागरी सबै भ्रष्टचारका फाइलहरु खोतल्दै गर्दा सधै सत्ताको वरीपरी रहेर अनियमित्ता र भ्रष्टचारमा लिप्त दल तिनका नेताहरु छपटाइरहेको बताउनु भएको छ। भ्रष्टचारको फण्डामा आफु पनि फसिन्छ की भनेर कहिले संसद अवरुद्धको नाटक गर्ने, कहिले गृहमन्त्रीको राजनिती मागेर सत्ता बार्गेनिङ्गको नाटक गरिरहेको समेत नेता पुनले जिकिर गर्नु भयो।

यसैगरी अखिल नेपाल महिला संघ क्रान्तीकारीका रुपन्देही इन्चार्ज रिज्जु श्रेष्ठले माओवादीले संचालन गरेको १० बर्षे जनयुद्धको उपलब्धी नै बर्षौं देखि पछाडी पारिएका दलित, जनजाती, महिला र उत्पिडित समुदायले राज्यको अनुभुती गर्न पाएको उललेख गर्नु भयो। यस्तै नेकपा माओवादी केन्द्रका कञ्चनका इन्चार्ज दिपिका शर्माले जनतासंग माओवादी बिशेष रुपान्तरण्ण अभियान अन्तर्गत जन जनमा माओवादी घर घरमा माओवादी कार्यक्रमले माओवादी केन्द्र प्रति नयाँ उर्जा सहितको उभार आएको बताउनु भयो।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनका महिलाहरुलाई राजनैतिक, सामाजिक, शैक्षिक तथा आर्थिक रुपमा समेत रुपान्तरण गर्न गाउपालिकाबाट महिलामैत्री बिभिन्न कार्यक्रमहरु योजनाहरु ल्याएको बताउनु भयो। नेकपा माओवादी केन्द्र कञ्चनका अध्यक्ष पुष्पराज शर्माले सरकारले अभियानको रुपमा संचालन गरेको भ्रष्टचारको फाइल खोल्ने कार्यलाई अझ तिव्रताका साथ निःशंकोच रुपमा अगाडी बढाएर भ्रष्टहरुलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्नेमा जोड दिनु भयो।

लिला रोका क्षेत्रीको अध्यक्षता तथा कुमारी घर्ति मगरको संचालनमा सम्पन्न कार्यक्रममा कमला बि।क।ले स्वागत गर्नु भएको थियो। रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा भएको कार्यक्रममा महिलाहरुले तिज बिशेषको रुपमा बिभिन्न सांगेतिक प्रस्तुती समेत गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation