सैनामैनाको २ मा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम सम्पन्न

रुपन्देहीको सैनामैना वडा नं.२ मा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । सैनामैना नगरपालिका वडा नं.२को आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अम्मर बहादुर कंडेलले डेंगु रोग नियन्त्रणको अभियानमा सम्पुर्ण वडावासी तथा सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । लामखुट्टे बस्ने स्थान ‘खोज र नष्ट गर’ अभियानमा स्थानीयबासिको सहयोग रहनु पर्नेमा उहाँले जोड दिनुभयो । डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान हरेक टाेलमा चलानु पर्ने उहाँकाे भनाईछ ।

डेंगु राेग नियन्त्रणका लागि अभियानका रूपमा लमखुट्टेका लर्भ नष्ट अभियानकाे थालनी गरिएको सैनामैना नगरपालिका वडा नं. २का वडा सचिव धर्मराज पाण्डेले बताउनुभयो । टोल टोलमा सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालनका लागि यस कार्यक्रम गरिएको उहाँको भनाई छ ।

डेंगु रोग अहिले विश्वमै स्वास्थ्य समस्याका रूपमा देखिएकोले यसबाट जाेगिनु नै राम्राे उपाएभएकाे पर्राेहा हेल्थपाेष्टका प्रमुख जंग बहादुर सुनारले बताउनु भयाे । याे राेग लागेमा सामान्य ज्वरो आएको अवस्थामा जथाभावी औषधि सेवन नगर्न पर्रोहा हेल्थपोष्टका प्रमुख जंग बहादुर सुनारकाे सुझाव रहेकाे छ । डेंगुरोग लामखुट्टेको टाकाईबाट सर्ने भएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट जोगिने भरपर्दो उपाय रहेकाे बताउँदै रोग लाग्न नदिन सरसफाइमा विशेष जोड दिर्ने उहाँले आग्रह गर्नुभयाे ।

कार्यक्रममा सैनामैना २ का जनप्रतिनिधि,टोलविकास संस्था, खानेपानी,सामुदायिक वन लगाएत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation