प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाइ सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन ।

हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका बिषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारकी प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर अमेरिकावाट असोज ५ गते चीन भ्रमणमा जाने कार्यतालीका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation