कसले राख्यो ब्यस्त सडकमा यत्रो शक्तिसाली बम ?

बुटवल भदौ ३१ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट हुदा राजमार्गमै भ्वाङ परेको छ।

आज बिहान भएको उक्त बिस्फोटमा कुनै मानवीय क्षती भएको छैन भने विस्फोटका कारण राजमार्गको आधा भाग क्षतबिक्षत भएको छ। उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ।

सडकको आधा खण्डमा क्षती पुगेका कारण बिहान केही बेर एकतर्फी सडक सन्चालन भएपनि पछि सडक डिभिजन कार्यालयले खाल्डो पुरेका कारण अहिले दुईतर्फी नै सडक सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो। उक्त बिस्फोटक पदार्थ कसले राख्यो भन्ने पुष्टि हुन सकेको भने छैन्। सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए।

विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation