रुपन्देहीको तिलोत्तमामा छुरा रोपी एक युवाको हत्या, ३ जना घाइते

बुटवल । रुपन्देहीको तिलोत्तमामा छुरा रोपेर एक युवाको हत्या भएको छ भने ३ जना घाइते भएका छन् । सोमबार साँझ दुई समूह बीच विवाद हुँदा तिलोत्तमा–९ मा भएको घटनामा मकवानपुर हेटौंडाका २४ वर्षीय सुरेश साङताङको मृत्यु भएको हो ।

यसैगरी घाइते हुनेहरुमा काठमाडौं महानगरपालिका–१ का विकास वाईवा, मकवानपुर गढी गाउँपालिका–६ का राजु तामाङ र मकवानपुरकै हस्ता सिंह रहेका छन् । घाइतेहरुलाई थप उपचारका लागि यूनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । ‘दुई समूह बीच आपसी विवाद हुँदा घटना भएको देखिन्छ, यस विषयमा थप अनुसन्धान गरिरहेका छौं ।’–थापाले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation