आन्दोलनमा होमिन बन्दोबस्तीका समान तयार पार्दै गरेको शिक्षकको डायरीबाट

बालबालिकाको भविस्यबारे सहानुभूति देखाएर उनिहरुलाई दिक्षित र शिक्षित गर्नेहरू प्रति असहिष्णु बन्नु जरुरी छैन । बालबालिकाको भबिस्यप्रति सबैभन्दा धेरै चिन्तित छ भने त्यो शिक्षक छ ।

बच्चा जन्माउने आमा भन्दा धाइ आमाहरुले अप्राकृतिक स्वाङ पारेको सुहाउँदैन । त्यसैले ५२ बर्षको अन्तरालमा जारी हुँदै गरेको शिक्षा ऎन केवल शिक्षकका हक अधिकार सङ्ग मात्रै जोडिएको छैन । त्यहा भोलिको बिद्यालय शिक्षा नीति कस्तो हुने , उत्पादित जनशक्तिको कसरी ब्यबस्थापन गर्ने , बदलिँदो राजनीतिक परिस्थितिलाई कसरी सस्थागत गर्ने , शिक्षक , बिद्यार्थी र अभिभावक बीच कसरी सुमधुर सम्बन्ध कायम गर्ने आदि प्रसङ्गहरुबारेमा छलफल र बहसको यो महत्त्वपूर्ण समयमा केबल शिक्षक समुदायले राजनिती गर्न पाउनुपर्छ भनेर गरिएको आन्दोलन जसरी विषयबस्तुलाई विषयान्तर गर्न खोजिदै छ ।

राजनीति कतिबेला र कसरी गर्ने कुरो कसैले भनिदिएर र लेखिदिएर हुने कुरा होइन । राजनीति त स्वतस्फूर्त हुन्छ । जुन प्रसङ्गले आन्दोलन प्रति खिशीटिउरी गरिदैछ यो सरासर झुट र पाखण्डि तर्क हो । हिजो शैक्षिक आन्दोलनबाट राजनीतिमा उदाएका र आज नयाँ शैली भन्दै आदर्शका कुरा गर्ने युवा भनाउदा नेताहरू कुन दुलोबाट चियाउदै छन रु ३ गते माइतीघर मण्डलामा आउन निमन्त्रणा छ । डाक्टर सिके राउतको समानुभुति प्रति हार्दिक आभार छ । जसले जति तर्क गरेपनि सत्य कुरा के हो भने शैक्षिक नीति नियमलाई कक्षा कोठाभित्र कार्यान्वयन गर्ने गराउने प्रमुख जिम्मेवार पात्र शिक्षक हुन । शिक्षक खुशी हुदा शैक्षिक जगत खुशी हुन्छ ।

शैक्षिक जगत खुशी हुदा सिङ्गो समाज खुशी हुन्छ । खुशी समाजले देशको मुहार फेर्छ । आन्दोलन रहरले गरिदैन । यो त शासकहरुले थोपरिदिएको समस्याबाट मुक्ति पाउनको लागि गरिने अन्तिम बिकल्प हो । जहासम्म बिद्यालय बन्द गरेर आन्दोलन किन भन्ने सवाल छ , यसको सजिलो उत्तर छ कि यो आन्दोलन किसानले गरेर हुदैन । उधोगी र ब्यापारीले गरेर हुदैन । धर्म गुरुहरुले गरेर हुदैन । जसलाई दुखेको छ उसैले दुखाइ कम गर्ने तरिका अपनाउने हो । तरिका विभिन्न हुन्छन् त्यो सिकाइरहनु पर्दैन । सबै तरिका अपनाएर सन्चो हुने नदेखेपछि अप्रेसन गर्ने निर्णयमा पुगिएको हो ।

त्यसैले बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी समुदायले एकजुट भएर घोषणा गरेको आन्दोलन प्रति बिना पुर्वाग्रह साथ , सहयोग र समर्थन जनाई कक्षा कोठा छोडेर सडकमा ओर्लदै गरेका गुरुहरुलाई ढुक्क भएर छिटोभन्दा छिटो कक्षा कोठामा फर्काउने वातावरण तयार पारिदिनुहुन सम्पुर्ण बिद्यार्थी , अभिभावक , पत्रकार , राजनितिककर्मी , मानव अधिकारकर्मी , बुद्धिजीवी , सिङ्गो नागरिक समाज सहित सरोकारवाला सबैमा हार्दिक अनुरोध गर्दछौं ।
आन्दोलनमा होमिन बन्दोबस्तीका समान तयार पार्दै गरेको शिक्षकको डायरीबाट ।

लेखकः गुणाखर भट्टराई अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तथा कालिका मानवज्ञान माध्यमिक बिधालय बुटवलका शिक्षक हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation