आज पनि काठमाडौंमा शिक्षकको प्रदर्शन, यातायात आवागमन अस्तव्यस्त

काठमाडौं । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर(नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ ।

 

नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ ।

जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरान छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation