शिक्षकको आन्दोलनले सडक छेउका बिरुवा र दूबो सखाप

४ असोज, काठमाडौं । शिक्षकहरुको आन्दोलनले माइतीघर बानेश्वर सडक छेउका बिरुवा र दूबो सखाप भएका छन् ।

प्रदर्शनमा आएका शिक्षकहरुले सडक छेउका रूख–बिरुवा हाँगा भाँचेका छन् भने उनीहरुले जथाभावी उभिँदा र बस्दा दूबोसमेत बिग्रिएको छ ।

 

माइतीघर–बानेश्वर काठमाडौंमा हरियालीयुक्त देखिने नमूना सडक नै हो । २०७१ सालमा सार्क शिखर सम्मेलन हुने समयमा यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दूबो रोपिएको थियो ।

सुरुमा छाडा चौपाया र मनलाग्दी सडक पार गर्नेहरूले यसमा क्षति पुर्‍याए । बल्लबल्ल रोपेको बोटबिरुवा मासिने अवस्थामा पुगेको भन्दै सामाजिक सञ्जालसहित सञ्चारमाध्यममा आलोचना भएपछि प्रहरीले नै गस्ती गरेर बोटबिरुवा हुर्काउन काठमाडौं महानगरपालिकालाई सघाएको थियो ।

 

महानगरपालिकाले जिम्मा पाए पनि विज्ञापन बोर्ड राख्न दिने शर्तमा हरियाली प्रवर्द्धनको काम गर्ने गरी नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । त्यसअनुसार नै नेपाल टेकिलमले ५ वर्षसम्म यस क्षेत्रको बोटबिरुवा र दूबो गोडमेल, मलजल र संरक्षण गरेको थियो ।

सम्झौता अवधि सकिएपछि अहिले महानगरपालिकाको वातावरण विभागले यो खण्डको हरियाली संरक्षण गर्दै आएको छ । तर बेला बेलामा हुने आन्दोलनको मारमा यो सडकका बोटविरुवा पनि पर्ने गरेका छन् ।

यस पटक बालबालिकालाई बोटविरुवाको संरक्षण गर्नु पर्छ भनेर सिकाउनु पर्ने गुरुहरुले नै बोटविरुवामा क्षति गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation