रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक विदा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की’ को अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ – मिति २०८० साल असोज ०७ गते आइतवारका दिन थारु समुदायको महत्वपुर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस तिलोत्तमा नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिने यस कार्यालयको मिति २०६०र०६र०४ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारिका लागि यो सूचना प्रकाशित गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation