
९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिइरहेका अभियन्ता ईःलाई भेटेकी छन् ।
मंगलबार बिहान सभागृह पुगेर उनले ईःको स्वास्थ्यबारे चासो राखेकी थिइन् । साथै फुटपाथबाट विस्थापित भएकाहरुलाई वैकल्पिक व्यवस्थासम्बन्धी नीति ल्याउने प्रतिवद्धता जनाएको ईःले जानकारी दिएका छन् ।
काठमाडौं महानगरपालिकाले चुनावी बाचा विपरीत वैकल्पिक व्यवस्था विना नै फुटपाथ व्यवसायीहरुलाई हटाएको विरोधमा ईः गत मंगलबारदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन् ।