रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जनप्रतिनिधिहरुलाई निर्देशन दिदै भने– जनताको मन जित्नेगरि काम गर्नु

बुटवल । नेपाल कम्युनिष्ट पार्टी ९ माओवादी केन्द्र ०का स्थायी समिति सदस्य तथा अभियानका रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले जनताको मन जित्नेगरि काम गर्न जनप्रतिनिधिहरुलाइ निर्देशन दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र ० रुपन्देहीले जनप्रतिनिधि र माओवादी केन्द्र अगुवा नेता कार्यकर्ता संग गरेको कार्यशालामा नेता पुनले स्थानीय तहले शिक्षा , स्वास्थ , कृषि, रोजगारी, विपद ब्यवस्थापन, सास्कृतिक, सहज सेवा प्रवाह, सुशासन र विभेद अन्त्यमा केन्द्रीत हुनु पर्ने बताए ।

उनले पार्टी संग समन्वय गरि स्थानीय सरकार बनाएर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत आज बुटवल भएको कार्यशालामा सेवा प्रबाह, स्थानीय मुद्धा , स्थानीय संस्कृती उठाउनु पर्नेमा जोड दिनु भयो । कार्याशालामा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले उत्पादनमा आधारित कार्य योजना बनाएर लागू गर्न निर्देशन दिनु भयो । जिल्ला अध्यक्ष नारायण जिसि निर्मलले जनताको मन मनमा बस्ने गरि काम गर्न निर्देशन दिनुभयो ।

कार्यशालामा जनप्रतिनिधिहरुले केही अनुकरणीय काम गरेको रिपोर्ट पेश गर्नु भएको थियो ।ओमसतिया गाउँपालिका ६ का अध्यक्ष शिव कुमार धवलले सम्सेर स्मृति आधारभुत बिधालयलाई नमुना बिधालय बनाउने, मझौलि चोकलाई स्मार्ट चोक बनाउने, वडाको रंगशालालाई स्तरोन्नति गर्ने र पोखरा ताललाई सौन्दर्यकरण गरि पर्यटकिय बनाउने पार्टी समक्ष योजना सुनाउनुभयो । त्यसै गरि ओमसतियामा होम स्टे र दलित समुदायको आय आर्जनको लागी टेन्ट हाउस हस्तान्तरण गरिएको बताउनु भयो ।

त्यसै गरि कन्चन गाउँ पालिका सदस्य कुमारी घर्तीले उपाध्यक्ष मौसमी थापाको पहलमा महिला उद्धमशिला कार्यक्रम गर्न लागिएको बताउनु भयो। नयाँ नमुना कामको लागि नयाँ योजना ल्याउदा अन्य पार्टी समर्थित जनप्रतिनिधिले साथ नदिएको तितो गुनासो पनि उहाहरुसंग छ । बुटवल उपमहानगर वडा न ३ का अध्यक्ष बिष्णु ढकालले जनतालाइ दिईने सुबिधामा सहजता लिने गरि काम सुरु गरेको बताउनु भयो । उहाले भन्नुभभयो( फोटोकपि लगायतको धेरै सुबिधा निशुल्क गरेका छौं । सैनामैना नगरपालिका १ का अध्यक्ष भुवन क्षेत्री जिल्ला समन्वय समितीका सदस्य मन्जु परिवार देबदह लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । ती जनप्रतिनिधिहरुले आफ्नो पालिकामा बिकास निर्माण तथा नयाँ योजना ल्याउदा अन्य जनप्रतिनिधिले सहयोग नगरेको समेत गुनासो सुनाउनु भयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation