एमालेको कोशी अधिवेशनमा मतदानको समय ५ बजे तोकियो

१४ असोज, विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ ।

यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।

 

निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी भइरहेको आचार्यले बताए ।

एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation