जनसरोकारका विषय उठाएर मात्र रुपान्तरण सम्भव – पूर्वमन्त्री पुन

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा रूपन्देही इन्चार्ज गणेशमान पुनले जनसरोकारका विषय उठाएर मात्र रुपान्तरण सम्भव भएकाले जनताका पिरमर्का र मुद्धाका लागि संघर्षशील हुनु नै वास्तविक रुपान्तरण हुने बताएका छन ।

माओवादी केन्द्रको तीन महिना विशेष रूपान्तरण अभियानअन्तर्गत रूपन्देहीमा खटिएका पूर्व वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका पुनले यस्तो बताएका हुन् ।
आइतबार बुटवलमा पत्रकारसँग भेटघाट गर्दै उनले भने, जनताले माओवादी बिगे्र पनि फेरि सच्चिन्छौं भनेर आएपछि हामीले साथ दिनुपर्छ भनेका छन्, तर हामी जनभावना अनुसार रुपान्तरण हुनैपर्छ’, उनले भने, ‘पटक–पटक जनताले विश्वास गर्दैनन् । यसपल्टको अभियानबाट हामी सच्चिन्छौं भन्नेमा व्यवहारबाटै विश्वस्त पार्नु हाम्रो कर्तव्य हो ।’

‘संघीयता डाइभरसीटीलाई हल गर्न बनेको हो । तर यसले कुनै नयाँ ‘फेलेभर’ दिन सकेन । त्यसैले धेरै पुनःसंरचना आवश्यक देखियो,’ आइतवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले भने, ‘अहिले नै संघीयता असफल भयो भन्न मिल्दैन । प्रदेशले लिडरसीप देखाएनन् ।’ तीन महिने पार्टी सुदृढीकरण अभियानले जनतासँगको बिग्रिएको सम्बन्धनलाई सुमधुर बनाउने नेता पुनको भनाइ छ ।

जनतामा भएको निरासालाई आत्म आलोचनासहित अब रूपान्तरण गर्दै अघि बढने माओवादीले संकल्पका साथ अघि बढेको उनले बताए ।

भूमि समस्या, सुकुम्बासी समस्या, सार्वजनिक शिक्षासहित समग्र जिल्लाको विकासका विषयमा विभिन्न छलफल र अन्तरक्रियाका कार्यक्रमहरू पार्टीले गर्दै जाने तय भएको पुनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation