प्रभात स्कूलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

 

सैनामैना
सैनामैनाको प्रभात इङ्लिस बोर्डिङ स्कुलले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा जेष्ठ नागरिक अभिभावकलाई सम्मान गरेर मनाएको छ ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित प्रभात इङलिस बोर्डिङ स्कुलले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आफ्ना विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी एवम शिक्षकहरुका अभिभावकलाई विद्यालयमा बोलाएर दोसल्ला, सम्मानपत्र एवं चेबन-प्रास दिएर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ ।

कार्यक्रमका प्रमुख अथिती रहनुभएका सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले ज्येष्ठ नागरिक आफू सँगसँगै आफ्नो परिवारका सदस्यका लागि भोलिको दिनका मार्गनिर्देशक भएको र आफूभन्दा ठूला बाट आशीर्वाद माग्ने र उहाँहरुका अर्थी – उपदेश लिने र मान्ने संगै सानालाई आशीर्वाद र सत्कर्म सिकाउने भन्दै ३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै नगरका प्रमुख शर्माले अग्रजको सेवा, संरक्षण र उहाँहरूको स्वास्थ्य उपचारको ख्याल गर्नुपर्ने दाइत्व हामी आमनागरिकको रहेको कुरा व्यक्त गर्नुभयो, आजको समाज कता जाँदै छ घरमा रहेका हजुरबुवा हजुरआमामा सँग बच्चाबच्ची राख्न भन्दा छुट्टै राख्ने प्रविधि बढिरहेको छ यसले भोलिका दिनमा बच्चाबच्चीको भविष्य सँगै परिवारकै जीवन नै खत्तम हुन सक्ने कुरा समेत व्यक्त गर्नुभयो, घरमा हजुरबुवा हजुरआमाले सदै बच्चाबच्चीलाई समयमा खाने, समयमा सुत्ने, समयमा घरमा आउने, जेजस्तो छ घरको खाने जस्ता अर्ति उपदेश कै कारणले बच्चा बच्चीहरु सत्मार्गमा लाग्ने कुरा समेत व्यक्त गर्नुभयो, आजका तन्नेरी आमाहरुले आफू मोबाइल चलाउने र आफ्ना छोराछोरीलाई मोबाइल नचलाऊ भन्न मिल्छ भन्ने सम्पूर्णलाई प्रतिप्रश्न समेत गर्नुभयो ।

 

कार्यक्रमका बिशिष्ट अथिति रहनु भएका सैनामैना नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले घरमा भएका जेष्ठ नागरिक हुनु भनेको भगवानको रुप हो वहाँहरुलाई के र कस्तो खालको सहयोग र स्वास्थ्य उपचारको आवश्यकता पर्दछ ती पूर्ति गर्नु नै हाम्रो दायित्व सँगसँगै पुण्यकाम भएको कुरा पनि व्यक्त गर्नुभयो, उहाँले कार्यक्रममा बोल्दै मानिस भएर यस पृथ्वीमा जन्मि सकेपछि आफ्नो चारओटा अबस्था पार गर्नुपर्ने कुरा राख्नुकोसाथै,
सुरुवाती चरणमा बालबालिकाको अवस्था, त्यसपछि बैस्क उमेरको अवस्था, त्यसपछि युवा अबस्था र विरुद्ध अवस्था गरी चारवटा सिडि पार्र गर्नु पर्ने कुरा समेत व्यक्त गर्नुभयो ।

 

कार्यक्रमका अर्का विशिष्ट अतिथि एवं विद्यालयका प्राचार्य अनन्तराम शर्माले ज्येष्ठ नागरिकलाई यसरी सम्मान गर्न पाउनु कुरा आफैमा उत्कृष्ट रहेको धारणा राख्दै जनता र आम नागरिकका लागि भोलिका दिनमा पनि समाजप्रति शिक्षा दिनका लागि के र कस्ता कार्यहरु गर्नुपर्छ त्यो कुरालाई निरन्तरता शिक्षाबाट मात्र नभई यस्ता कार्यबाट पनि दिने धारणा व्यक्त गर्नुभयो, पाठ्यक्रममा रहेका कुराहरु पढाउनुका साथै व्यवहारिक ज्ञान आजको पहिलो प्राथमिकता रहेको कुरा समेत व्यक्त गर्नुभयो ।

उक्त सम्मान कार्यक्रममा पच्पन्न जाना अभिभावक अर्थात् ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्पूर्णलाई स्वागत मन्तब्य द्वारा विद्यालयकी कार्यकारी निर्देशक मिना भण्डारीले स्वागत गर्नुभएको थियो, कार्यक्रमको अध्यक्षता विद्यालयकी शिक्षिका सुमित्रा पौडेलको अध्यक्षता एवं विद्यालयका शिक्षक चन्द्रकान्त पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation