सैनामैनाका सामुदायिक विद्यालयमा अनुगमन, दिवा खाजा प्रभावकारी : नगर प्रमुख फणेन्द्र शर्मा

२०८० असोज १५ सैनामैना ।।
रुपन्देहीको सैनामैना नगरपालिकाले नगरका सामुदायिक विद्यालयमा अनुगमन गरेको छ । सोमबार सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैना-४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी लगायतको टाेलीले पर्राेहा माध्यमिक विद्यालय, सैनामैना पर्राेहा परमेश्वर माध्यमिक विद्यालय र दुर्गा भवानी माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम अन्तरगत अनुगमन गरिएको हो ।

विद्यालय अनुगमनका क्रममा सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले मापदण्डअनुसार नै स्कुलले खाजा खुवाउने गरेको बताउनुभयो ।
विद्यालयले बनाएको खाजा खाएर प्रमुख शर्माले भन्नुभयो, घरमै बनाएको जस्तो स्वाद छ, खाजा पोषणयुक्त, स्वास्थ र स्वादिष्ट रहेकोले विधार्थीहरुले पनि मिठाे मानेर खाजा खाएको बताउदै विद्यालयमा खाजा बनाउने भान्स सफा, स्वच्छ र उचित खानेपानीको व्यवस्थापन भएको पाइएको बताउनुभयो छ ।

उहाँले विद्यार्थीलाई नियमित विद्यालय आउने बानी बसाल्न, शैक्षिक गुणस्तर वृद्धि र जङ्कफुडको प्रयोगलाई घटाउन ल्याइएको दिवा खाजा कार्यक्रम नगरपालिकामा प्रभावकारी बनेको बताउनुभएको छ ।
मेयर शर्माले दिवा खाजा सैनामैना नगरपालिकाका १८ वटा सामुदायिक विद्यालयका शिशु कक्षा देखि कक्षा ६ सम्मका बालबालिकाले पाउने गरेका छन् भने प्रति विद्यार्थी सरकारले एक दिनको रु १५ र नगरपालिकाले रु ५ थपेर २० रुपैयाँका दरले खाजा वापतको रकम विद्यालयमा पठाउने गरिएको छ ।

 

खाजालाई अझ प्रभावकारी बनाउन आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकाले १ करोड ३० लाख ४० हजारमा ४७ लाख बजेट थप गरि नगरपालिकाले १ कराेड ७७ लाख ४० हजार विनियोजन गरिएको नगर प्रमुख शर्माले जानकारी गराउनुभयो ।

सैनामैनाका हरेक विद्यालयमा साप्ताहिक तालिका बनाएर पाेषणयुक्त खाजा खुवाउने गरिएको र दिवा खाजा कार्यक्रमको प्रभावकारीताका लागि नगरपालिकाले नियमित सामुदायिक विद्यालयमा अनुगमन गरीरहेको सैनामैना-४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation