एकिकृत समाजवादीको मेचीमहाकाली जागरण अभियान २१ गते रुपन्देही आउने

बुटवल । नेकपा एकिकृत समाजवादी पार्टीको मेचीमहाकाली समाजवादी जागरण अभियानको टोली असोज २१ गते रुपन्देही आईपुग्ने भएको छ।

असोज १४ गते मेचीदेखि शुरु भएको समाजवादी जागरण अभियान २५ गते महाकाली पुगेर समापन हुने उक्त बारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव हरि पराजुलीले अभियान अन्तरगत २१ गते भैरहवामा र २२ गते बुटवलमा कार्यक्रम तय गरिएको रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव बताए। बुटवलमा हुने अन्तरक्रिया तथा जनसभालाई पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसालसहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने एकीकृत समाजवादीका रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए ।

अभियान शुरु भएको छैटौं दिनसम्म आइपुग्दा पार्टीप्रती आम मानिसहरुको आशा र भरोसा जागेको पार्टीका केन्द्रिय सचिव हरि पराजुलीले बताए । साथै अभियानका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका साढ़े तीन हजार नेता कार्यकर्ताहरू एकीकृत समाजवादी पार्टीमा समाहित भएको पराजुलीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation