सैनामैनामा एमालेको निशुल्क स्वास्थ्य शिबिर

असोज १९ सैनामैना । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या बिभाग रुपन्देहीको आयोजना तथा नेकपा एमाले सैनामैना नगर कमिटिको समन्वयमा सैनामैनाको मुर्गियामा शुक्रबार बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्युट प्रा.ली. भलुहीको प्राबिधिक सहयोगमा स्वास्थ्य सिविर सम्पन्न भएको हो ।

आम जनसमुसदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले स्वास्थ्य शिबिर आयोजना गरिएको नेकपा एमालेका केन्द्रिय सदस्य गोमा देवी आचार्यले बताउनु भयो ।
अस्पतालको पहुचमा पुग्न नसकेका आम जनतालाई घर आगनमै स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवाको पहुच सम्म पुग्न नसक्ने बर्गलाई स्वास्थ्य सेवा प्रदान गर्न बिशेषज्ञ चिकित्सक सहितको टोली मार्फत स्वास्थ्य सेवा प्रदान गर्न निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के।सी।ले बताउनु भयो ।

स्वास्थ्य शिबिरमा हार्डजोर्नी तथा नशा सम्बन्धि रोग, फिजिसियन सेवा , गाइनोकोलोजिस्ट सेवा, लगायत सुगर, पेसर तथा बिभिन्न रोगको चेकजाच गर्नुको साथै निशुल्क औषधि वितरण गरिएको नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं सैनामैनाका नगर ईन्चार्ज मिन प्रसाद पौडेलले जानकारी दिनु भयो ।
स्वास्थ्य शिबिरमा यस क्षेत्रका करिब ३०० जनाले स्वास्थ्य परिक्षण गराएको नेकपा एमाले सैनामैनाका नगर अध्यक्ष चेत नारायण न्यौपानेले जानकारी दिनु भयो ।

नेकपा एमाले जिल्लाको कार्य योजना अनुसार बिभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएको नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख रुपन्देहीका सुनिल श्रेष्ठले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation