सभामुख घर्तिद्वारा रामापुर क्याम्पसको अवलोकन

सैनामैना, असोज २१ ।
लम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले आज सैनामैनामा रहेको शहिद नारायण पोख्रेल रामापुर क्याम्पस अवलोकन गर्नु भएको छ ।

सभामुख घर्तिले क्याम्पसको अवलोकन गर्दै, सामुदायिक क्याम्पसहरुले समाजमा पुर्याएको योगदान र विद्यार्थीहरुले उच्च शिक्षाका लागि विदेशका विश्वविद्यालयमा किन पलयन भैरहेका छन् भन्दै भेटघाटकै क्रममा क्याम्पस प्रमुख हेम थापा, क्याम्पस उपप्रमुख जगलाल गिरी, पुर्व क्याम्पस प्रमुख, यादु पन्थ, दिनेश पन्थी लगाएत प्रध्यापकहरु संग चर्चा गर्नु भयो ।

शैक्षिक गुणस्तर सुधारका लागि सरकारले विभिन्न योजना सहित काम गरिरहेको बताउदै यस क्याम्पसका लागि बजेट विनियोजनमा सहजिकरण गर्ने प्रतिवद्धता व्याक्त गर्नु भयो ।
सोही अवसरमा क्याम्पस प्रमुख हेम थापाले क्याम्पसको वृहत्त्र योजना सहित भौतिक पुर्वधारका लागि सभामुख घर्ति समक्ष बजेट माग गर्नु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation