
असोज २२, सैनामैना । सामजिक अभियान्ता द्दारा सैनामैनामा नगरपालिका वडा नं. ९ बाँसगढीमा रहेको श्री जनचेतना माध्यमिक बिद्यालय मा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
निम्न आयस्तर भएका परिवारहरुलाई आफ्ना बिद्यार्थीहरुको भबिष्य सुनौलो बनाउनको लागी विद्यालयको ४१ जना असाय, बिपन्न र जेहन्दार बिद्यार्थीलाई शैक्षिक समाग्री बितरण गरेको हो सो कार्यक्रममा बिद्यालयका प्राचार्य श्री कमल राज बेल्बासे ज्यु को अध्यक्षता र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री धर्म राज आत्रेय प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा सामाजिक अभियान्ता श्री डोलराज भण्डारी लगायत अन्य व्यक्तिहरुले आफ्नो भनाई राख्नु भयो ।
यस कार्यक्रममा सामाजिक अभियान्ताहरु डोलराज भण्डारी, आनन्द गिरी, शिशिर ज्ञवाली, लिलाराम तिवारी, मीन बहादुर घर्ती ( हाल दोहा कतार घर मन्दिर डाडा), गोपाल भण्डारी, गोपाल गिरी लगायतको आर्थिक सहयोगमा शैक्षिक समाग्री बितरण सम्पन्न भएको थियो ।
यस कार्यक्रमको सञ्चालन पुर्व प्राचार्य श्री केशव राज अर्यालले गर्नु भएको थियो ।