मुर्गिया खानेपानीकाे आयाेजनामा टाेल टाेलमा सरसफाइ

सैनामैना, असाेज ३० ।
रूपन्देहीकाे सैनामैना स्थित मुर्गिया खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाकाे आयाेजनामा दुईदिने बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे छ । नेपालीहरूको महान चाड विजया दशमी, शुभ-दीपावली तथा छ्ठ पर्वको पुर्व सन्ध्यामा सरसफाइ कार्यक्रम गरिएकाे हाे ।

खानेपानी क्षेत्र भित्र पर्ने सैनामैना नगरपालिका वडा नं.२,३ र ४ का ३० वटा टोलहरूमा सरसफाइ गरिएकाे संस्थाका का.अध्यक्ष देविदत्त सुवेदीले बताउनु भयाे । नेपालीहरूकाे महान चाड दशैं, तिहार तथा छठ पर्वकाे अवसरमा र सरसफाइ सम्बन्धि सचेतना फैलाउने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएकाे उहाँकाे भनाई छ । सरसफाइ कार्यक्रमले जनचेतना फैलाउने काम गरेकाे उहाँकाे दावी छ ।
फाेहाेरका कारण विभिन प्रकारका राेगहरू फैलिन सक्ने भएकाले सरसफाइ कार्यक्रमलाई विशेष जाेड दिईएकाे उहाँकाे भनाई छ । स्वास्थ्य जीवनका लागि सबै सचेत हुनुपर्ने र घर वरिपरिका वातावरण सरसफाईमा ध्यान दिनु पर्ने उहाँले बताउनु भयाे ।

सरसफाइ कार्यक्रमका लागि प्रत्येक टाेल विकास संस्थालाई रू. १० हजारका दरले ३० टाेल विकास संस्थालाई तिन लाख प्राेत्सहनस्वरूप रकम दिईएकाे संस्थाका सचिव भिम खड्काले बताउनु भयाे । सरसफाइ कार्यक्रममा मुल्यांकनका आधारमा प्रथम, द्वितीय र तृतीय छनाैट गरि टाेलविकास संस्थाहरूलाई संस्थाकाे साधारणसभा कार्यक्रममा सम्मान गरिने समेत उहाँले जानकारी दिनुभयाे ।
टाेल विकास संस्थाहरुकाे सहकार्य तथा सक्रियतामा असाेज२९ र ३० गते सरसफाइ गरिएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation