भरतपुरको भाटभटेनी नजिकै एक युवक मृतक फेला

४ कात्तिक । चितवनको भरतपुर महानगरपालिका–१० स्थिति भाटभटेनी नजिकै कुलोमा एक जना पुरूषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज दिउँसो साढे १ बजे सोही ठाउँका ४५ वर्षीय प्रकाश आले मगर मृत फेला परेका हुन् ।

 

उनको मृत्युको कुनै कारण खुलेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation