राष्ट्रसंघका महासचिव भन्छन् ः बिपिन जोशी सुरक्षित फर्किउन्

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक बिपिन जोशी सकुशल फिर्ताको कामना गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा गुटरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

 

आफू कतारबाट सिधै नेपाल आएको भन्दै उनले भने, ‘गाजामा रहेका सबै बन्धकको तत्काल रिहाईका लागि जोड दिन्छु ।’

गाजाको अवस्था अधिक निराशाजनक रहेको भन्दै उनले सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । महासचिव गुटरेसले विश्वभर शान्ति मिसनमा नेपालले गरेको योगदानको प्रशंसा गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation