राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा विमल गैरे

सैनामैना । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको अध्यक्षमा विमल गैरे चयन भएका छन् । सोमबार बाणगंगामा सम्पन्न संघको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट गैरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

 

संघको प्रथम उपाध्यक्षमा सशिन्द्र सापकोटा, द्वितीय उपाध्यक्षमा उदय पोख्रेल, महिला उपाध्यक्षमा रिता खनाल, सचिवमा बबिता गिरी, कोषाध्यक्षमा राजन थापा, सहसचिवमा कृष्ण पोख्रेल, सहकोषाध्यक्षमा सुजाता क्षेत्री र प्रवक्तामा जनकराज पौडेल लगायत निर्वाचित भएका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपमहासचिव जीवन परियारले अवधि पुगेका सबै जिल्ला तथा प्रदेशको अधिवेशन भैरहेको बताए । संघका केन्द्रिय सचिव थानेश्वर अधिकारीले संस्थाको उद्देश्य र गरेका कामहरुको बारेमा बताए । सचिव अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै संस्थालाई कृयाशिल र सशक्त रुपमा अगाडी बढाउन सबैजना सक्रिय भएर लाग्नका लागी आग्रह गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्य दिनेश रञ्जन, राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्णचन्द्र परियार, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष शारदा खनाल सचिव अशिम कंँडेल क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation