जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते

१८ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।

 

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation