शिक्षा सुधार गर्ने क्याम्पियनमा पार्टी लाग्छ ः नेता पुन

सैनामैना, कात्र्तिक १८ । नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन रुपन्देहीको समग्र शिक्षा तथा सामुदायिक विद्यालयमा सुधार विषयक अन्तरक्रिया कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य तथा अभियान रुपन्देही इन्चार्ज गणेशमान पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुनले भने सार्वजनिक विद्यालयको शिक्षाको स्तर र गुणात्मकता सुधार्न राज्य, सरकार, अभिभावक, प्रशासन, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक आदिले गर्नुपर्ने कार्यको फेहरिस्त निकै लामो छ । यी पक्षहरूले उचित भूमिका निर्वाह गर्न सकेको अवस्थामा विद्यालयका समस्या अवश्य पनि केही कम हुन्छन् । तथापि, विद्यालयलाई साँच्चै नै सफल र जीवन्त सिकाइको थलो बनाउन चाहिं शिक्षकहरूकै क्रियाशीलता र जाँगर अपरिहार्य हुन्छ । अरू पक्षलाई आ–आफ्नो ठाउँमा छोडेर पनि जाँगरिला र कर्मठ शिक्षकले आफ्नो एक्लो बलबुतामा कक्षाकोठालाई बसूँ–बसूँ–सिकौं–सिकौं लाग्ने बनाउन, विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गराउन र उच्च सिकाइ उपलब्धि सुनिश्चित गर्न सक्छन् भन्दै माओवादी केन्द्रले शिक्षा सुधार गर्न क्याम्पियनमा पार्टी लाग्ने बताउनु भयो ।


यस्तै कार्यक्रममा केन्द्रीय कार्यलय सचिव गंगालाल प्रधानले भने चुनौती कहाँ छ भने, विद्यार्थी अनुसार शिक्षक दिने कि कक्षाकोठा अनुसार शिक्षक दिने रु यस बारेमा पनि गम्भीरतापूर्वक सोचौं । किनभने अहिलेसम्म, शिक्षकको हिस्सा भनेको कक्षा अनुसारको हो । तर, यथार्थ के हो भने विद्यार्थीको संख्या घट्दै गएको छ, खासगरी पहाडतिर । अरू देशमा विद्यार्थीको आधारमा शिक्षक दिइन्छ कि विद्यार्थीको आधारमा ?  कक्षाकोठाको आधारमा दिनुपर्छ भन्ने माग चाहिं हाम्रा शिक्षक संघ(संगठनहरूको हो । यी दुई पाटामध्ये कहाँनिर तालमेल मिलाउने ?

कार्यक्रममा प्रध्यापक संगठनका अध्यक्ष अनिल झा ले भने आज पनि शिक्षकले हिजोको तरिकाले पढाइरहेको छ, तर आजको विद्यार्थीलाई हिजोको तरिकाले कामै गर्दैन । त्यो कुरा शिक्षक, विद्यार्थी, अभिभावकले पनि बुझेका छन् । र शिक्षकको तयारीका सन्दर्भमा मेसिन सहायक हुन सक्छ । म मान्छे सहायक हुन्छ भन्ने पक्षमा छैन । खास समस्या कहाँ छ ? नियुक्तिमा हो कि, तयारीमा हो कि ? शिक्षकको मानसिकतामा हो कि ? दलमा हो कि ? यो बारेमा सोच्नु जरूरी छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जि.सी., नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुरन के.सी., ठाकुर बि.क., हरी प्रसाद घिमीरे, दिनेश थापा, चुरा बहादुर थापा, डा. प्रकाश पौडेल, सुजित बि.क., महेन्द्र भुसाल, दिपक भण्डारी लगाएत शिक्षा संग सरोकार राख्ने सारोकारवालाहरुले आ– आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रोमनाथ न्यौपाने र संगठनका सचिव गंगा महत पाण्डेको सञ्चालनमा सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation