योजना आयोगले एक्सन टिम बनाएर भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन गर्दै

१९ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट भएको क्षति संकलन गर्न राष्ट्रिय योजना आयोगले काम थालेको छ ।

आयोगका सदस्य रामेश्वर फुँयालका अनुसार आयोगमा एक्सन टिम बनाएर शनिबारदेखि नै क्षतिको संकलनको काम प्रारम्भ गरिएको छ ।

 

यसका लागि स्थानीय तहहरुसँग समन्वय गरी विवरण संकलन गरिने उनले जानकारी दिए ।

अहिले राहत र उद्दारको काम चलिरहेको र यो निष्कर्षमा पुग्नासाथ क्षतिको आंकलनको काम समेत सँगै गरिने उनले जानकारी दिए ।

 

यसअघि २०७२ सालको भूकम्पमा समेत आयोगले क्षतिको विवरण संकलन गरी प्रतिवेदन निकालेको थियो ।

नेपाल सरकारले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation