सैनामैनाको मुर्गियामा आजदेखि औद्योगिक व्यापार महोत्सव हुँदै

२०८० मंसिर ६, बुधबार सैनामैना।  छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, उद्योग, व्यापार तथा प्रविधि महोत्सव आजबाट सुरु हुँदैछ। सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि मंसिर १७ गतेसम्म सैनामैना नगरपालिका वडा नं ३ मुर्गिया स्थित निर्माणाधीन सैनामैना पार्क एवं दुर्गा मन्दिर परिसरमा महोत्सव सञ्चालन हुने छ।

महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन पूर्व झाँकी र र्याली निकालिने छ । सैनामैना २ कालिका चोक पूर्वपट्टि, उत्तरपट्टि बुद्धचोक देखि र पश्चिमबाट घमहा खोला देखि सुरु हुने र्याली महोत्सव स्थलमा पुगी समारोहमा परिणत हुने सैनामैना उद्योग वाणिज्य सङ्घका महासचिव लोकनाथ अधिकारीले जानकारी जानकारी दिए।

मेलामा स्थानीय देखि प्रदेश र केन्द्र सम्मका विभिन्न व्यापारिक व्यवसायी एवं दैनिक उपभोग्य सामाग्रीहरुको स्टल लगभग एक सय, स्थानीय स्टल सत्तरी र अन्य स्टलहरु स्थानीय कृषि सामग्री बेचबिखन एवं प्रदर्शनीका लागि छुट्टाइएको स्टल व्यवस्थापन समितिका संयोजक दीपक अधिकारीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation