बेलवास बेथरी सडकमा पिकअप जिप र मोटरसाईकल ठोक्कीदा १ जनाको मृत्यु

बुटवल मंसिर ८ । बुटवलको नहरपुरमा बलेरो पिकअप जिप र मोटरसाईकल ठोक्कीदा एक जनाको ज्यान गएको छ। भने एकजना गम्भिर घाईते भएका छन्।

आज बिहान बेलवास बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्कीएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा गम्भिर घाईते बुटवल ११ निवासी ४५ बर्षिय शालिकराम खनालको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक किसोर केसीले बताए।

प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाईते मोटरसाईकल चालक बुटवल ११ निवासी शेखर पोखरेलको लुम्विनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि भैरहवा स्थीत मेडिकल कलेजमा उपचार भैरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation