राजतन्त्रको सालिक बनाएर तमासा गरिरहेका छन् ः ओली

१४ मंसिर, बैतडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैतीहरु आफूहरु तयार नभएको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको बताए ।

 

गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको भन्दै उनले भने, ‘उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।’

एमाले अध्यक्ष ओलीले फेरि पछाडि फर्किन र रैती हुन आफूहरु तयार नभएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation