लोकनृत्य प्रतियोगिताको उपाधि प्रभात इंग्लिस स्कुललाई, सैनामैना महोत्सव ३ दिन थपियो

सैनामैना, मुर्गिया । रुपन्देहीको सैनामैनामा सञ्चालन भइरहेको सैनामैना उधोग वाणिज्य संघद्वारा आयोजित छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, उद्योग, व्यापार एवं औद्योगिक व्यापार महोत्सवमा भएको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता उपाधि सैनामैना ४ मा रहेको प्रभात इङलिस स्कुलले जितेको छ ।
कला संस्कृतिको संरक्षणमा पनि सहयोग पुर्याउने उदेश्यले गरिएको महोत्सवमा सैनामैनाका १४ बिधालयको सहभागीता सँगै विधालयहरुले नेपाल विभिन्न जातजाति एवम समुदायको विभिन्न समयमा नाचिने नृत्यलाई प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा पहिलो स्थान जित्न सफल प्रभात इंग्लिस स्कुलले नगद बिस हजार रुपैयाँ र प्रमाणपत्र, दोस्रो स्थानमा सैनामैना २ मा रहेको न्यु एकेडेमी इंग्लिस स्कुलले जितेको छ भने नगद पन्ध्र हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ, त्यस्तै प्रतियोगितामा तेस्रो स्थान सैनामैना १ मा रहेको सैनामैना मेमोरियल स्कुलले जितेको छ भने नगद दश हजार रुपैयाँ र प्रमाणपत्र समेत प्राप्त गरेको छ र सान्त्वना स्थान सैनामैना ४ मा रहेको पर्रोहा मा वि ले‌ नगद पच्चिस सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।

लोक नृत्य प्रतियोगिता २ दिन सम्म चलेको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको संयोजक सिता क्षेत्रीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सैनामैना उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम बहादुर खड्का, वरिष्ठ उपाध्यक्ष दिपक आधिकारी, वाणिज्य उपाध्यक्ष कृष्ण पोखरेल, महासचिव लोकनाथ अधिकारी र कोषाध्यक्ष नारायण पन्तको सहभागितामा विधालयलाई सम्मान गरिएको थियो ।
मेला मुला आयोजक कमिटीको निर्णय अनुसार यही मंसिर २० गते सम्म मेला ३ दिन थपीय को कुरा पनि जानकारी गराएको थियो ।
मंसिर ६ देखि सुरु भएको मेला १७ गते समापन गरिने तालिका रहेपनि स्थानीय नागरिक, व्यापारीहरुलाई मध्यनजर गरी मेला तीन दिनका थप गरिएको संघका अध्यक्ष प्रेम बहादुर खड्काले जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation