सुनको मूल्य प्रतितोलामै एक लाख २० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँले बढेर एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यस्तै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation