अन्तराष्ट्रिय अपाङ्गता दिवस, सैनामैनामा अन्तरक्रिया 

मंसिर – ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रुपन्देहीको सैनामैना नगरपालिकामा अन्तरक्रिया तथा छलफल गरिएको छ ।
‘दिगो विकास लक्ष्य प्राप्तीको प्रतिवद्धताः अपाङ्गता भएका व्याक्तिको अपनत्व र नेतउत्व सहितको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ नगरपालिकाको महिला तथा वालवालिका शाखाको आायोजना गरिएको अन्तरक्रिया तथा कार्यपत्र प्रस्तुत कार्यक्रममा बोल्दै नरप प्रमुख फणीन्द्र प्रसाद शर्माले आफु अपाङ्गता भएका व्याक्तिहरुको हक, हित प्रर्वद्धनको लागि जहिले पनि सकारात्मक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख शर्माले अपाङ्गता हुँदैमा कोही पनि कमजोर नहुने भन्दै यसको लागि उचित अवसर, तालिम, शिक्षाको खाँचो रहेको भन्दै यसमा स्थानीय सरकारले सहजीकरण गर्ने बताएका थिए ।

अपाङ्गता भएका व्याक्तिहरुको सीप, क्षमता विकास, रोजगार सहित पुर्नस्थापनको लागि काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै नगर प्रमुख शर्माले यसको लागि अपाङ्गता हक, हित संरक्षण तथा प्रर्वद्धनका लागि स्थापना भएका विभिन्न प्रकृतिका संघ संस्थासंग सहकार्य गर्दै जाने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा बोल्दै अपाङ्गता नगर संमन्वय समितिका संयोजक तथा नगर उप प्रमुख विना रानाले अपाङ्गता भएका समुदायहरुको उत्थानको लागि नगर जहिले पनि तयार रहेको बताईन ।उनले अपाङ्गता भएका व्याक्तिहरुको हेरचाह सहित शिक्षा दिक्षाको लागि पहिलो पठाशालाको रुपमा रहेको घर परिवार, अभिभावकहरुबाट नै विशेष महत्व दिनुपर्ने भन्दै यसको उतित सहजीरकणको लागि नगरपालिका जलिहे पनि सकारात्मक रहेको बताएकी थिईन ।

कार्यक्रममा अपाङ्गताको प्रकार, अपाङ्गता भएका व्याक्तिहरुले भोग्दै आएका समस्या, चुनौतिक तथा अवसर लगायतको विषयमा अपाङ्गता अभियान्ता अपाङ्गता महिला संघका अध्यक्ष कल्पना ढकालले कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

अपाङ्गता भएका व्याक्तिहर, तीनका अभिभावक, नगरपालिका वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष तथा जनप्रतिनीधीहरु, कार्यापालिका सदस्यको समेत सहभागीतामा नगरपालिका भवन बुद्धनगरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा आङ्गता परिचय पत्र प्रदान संमन्वय समितिका सदस्य तथा नगरकार्यपालिका सदस्य सुरज बराल, वडा नम्बर ३ का वडा अध्यक्ष तम बहादुर पुर्जा, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बहादुर खड्का, अपाङ्गता जीवनको पाईलामा सहकार्यका सचिव सन्जिब थापा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सामाजिक विकास महाशाखा प्रमुख तुलसा ज्ञवालीका अनुसार सैनामैना नगरपालिका हाल सम्म गत आर्थिक बर्ष र यो आर्थिक बर्षमा गरी कुल ६ सय ५० जनाले विभिन्न प्रकृतिको अपाङ्गता परिचय पत्र प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation