बुटवलका मेयरसँग रिसाएर फिर्ता गएका प्रमुख प्रशासकीय भुसाल गृहमन्त्रालयमा

बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयसँग रिसाएर फिर्ता गएका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाललाई गृहमन्त्रालयमा पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मान्त्रालयले भुसालाई गृहमन्त्रालय वा सो अन्तरगत रहनेगरी पदस्थापन गरिएको जानकारी दिएको छ ।

मन्त्रालयले २०८० कार्तिक २० गतेको मितिमा चलानी नम्बर ११८४ को पत्र मार्फत बुटवल उपमहानगरलाई समेत बोधार्थ दिँदै भुसालको पदस्थापन बारे जानकारी गराएको हो । मेयर पाण्डेयले अनावश्यक निर्णयका लागि दबाब दिने गरेको भन्दै प्रमुख प्रशासकीय भुसाल गएको कार्तिक २१ गते काठमाडौं फिर्ता भएका थिए । मेयर पाण्डेले आफू निकटका व्यक्तिहरुलाई कानून विपरित करारमा नियुक्ति गर्न दबाब दिएको तथा आर्थिक अपारदर्शिता हुने खालका निर्णयहरुमा हस्ताक्षर गर्न दबाब सिर्जना गरेका कारण उनीहरु बीच विवाद उत्पन्न भएको विषयले चर्चा पाएको थियो ।

सबै मान्छे सबै ठाउँमा फिट हुन नसक्ने बताउँदै उनले सहमतीमै आफू फिर्ता गएको सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए । नगरप्रमुख पाण्डेयकै रोजाईमा भुसाललाई गत असोज ७ गते उद्योग मन्त्रालयबाट सरुवा बुटवल उपमहानगरमा ल्याइएको थियो । भुसाल गएपछि बुटवल उपमहानगर १ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहन बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation