अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

११ पुस, काठमाडौं । समाजवादी मोर्चाले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको छ । संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।

समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

भ्रष्टाचारको विरोधमा अभियान चलाएर सरकारले इतिहासमै राम्रो काम गरेको ठहर बैठकले गरेको उनले बताए ।

२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।

 

मोर्चा गठनको औचित्यबारे जानकारी दिने भन्दै सातै प्रदेशमा सभा गरे पनि त्यसयता भने मोर्चा निष्कृयजस्तै छ । बैठकले सात प्रदेशमा भएका कार्यक्रम सफल भएको निष्कर्ष निकालेको उनले बताए ।

मोर्चाको जिल्ला समन्वय समिति गठन गर्ने र प्रमुख शहरहरुमा सन्देश सभाहरु आयोजना गर्ने निर्णय बैठकले गरेको नेता श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation