क्रिकेटर लामिछाने विरुद्धको मुद्दा सुनुवाई जारी ः आज फैसला आउन सक्ने

काठमाडौं । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसाला हुने सम्भावना रहेको छ ।
जिल्ला अदालत काठमाडौंमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसाला हुने सम्भावना बढेको छ ।

बुधबार पनि सुनुवाइ नसकिए पछि जिल्ला अदालतले मुद्दालाई बिहिबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने बिरुद्धको मुद्धामा सम्भवतः आज फैसला हुने सक्ने आंकलन गरिएको छ । हिजोको सुनवाईमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए ।

बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation