बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना, ३० जना घाइते

दाङ । बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । अमिलिया तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर १३ दमारगाउँ बनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा ३० जना बढी घाईते भएको प्रहरीले जनाएको छ ।

 

घाईतेलाई उद्धार गरी तुलसीपुर र नेपालगञ्ज पठाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार बसमा ४० जना सवार रहेका थिए ।

बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समुह दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा संग्रालयमा पिकनिकका लागि आउँदै गरैको बस दुर्घटनामा परेको हो ।

बसको बिरेक फेल भएर दुर्घटनामा परेको डिएसपी पोखरेलले बताए । बस सडकको नालातिर गएकाले पनि मानविय क्षति हुनबाट जोगिएको उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation