आज र भोलि बुटवल– पाल्पा सडक खण्ड

बुटवल पुष २९ । माघे संक्रान्ति पर्वलाई लक्षित गरेर आज र भोलि बुटवल पाल्पा सडक खण्ड चौबिसै घण्टा खुला गरिने भएको छ।

सिद्धबावा सुरुङ मार्ग निर्माणका लागि पुष १६ गते देखि दैनिक ६ घण्टा सडक बन्द गरेर निर्माण कार्य गरिदै आएकोमा माघे सक्रान्ति मनाउन जानेहरुको संख्या ठुलो हुने भएकोले पुष २९ र माघ १ गते सडक बन्द नगरीने आयोजनाले जनाएको छ।

यातायात सञ्चालन गरी काम गर्दा जोखिम हुने भएकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुदै आएको थियो। तरअत्यावश्यक सवारीसाधनलाई कुनै रोक नलगाइएको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार माघ २ गतेबाट पुनः दिन दैनिक ६ घण्टा सडक बन्द गरेर काम सन्चालन हुने छ। जिल्ला प्रशासन कार्यालयले उक्त सुरुङ मार्ग निर्माणका लागि १ सय दिन सम्म दैनिक ६ घण्टा सडक बन्द गर्न अनुमती दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation