लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग विच विहिबार भेटवार्ता भएको छ । लुम्बिनी स्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका बिषयमा छलफल भएको छ । भेटमा जापानीज बास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवद्र्धनका सहकार्यका बिषयमा छलफल भएको उपाध्यक्ष डा. लामाले बताए